तुल्सी र कमलको स्वरमा तीज गीत ‘बरिलै’ बजारमा



काठमाडौँ। लोकप्रिय गायिका तुल्सी घर्ती मगर र कमल बिसी माल्दाईको सुमधुर आवाजमा ‘बरिलै’ मौलिक तीज गीत बजारमा आएको छ।

भरत बोहरा (समर्पण) को कर्णप्रिय संगीत तथा गायक भीम कार्कीको उत्कृष्ट शब्द रचना रहेको उक्त गायक बिसीको युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो। स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतमा गायक बिसी, अश्मि थापा र जमुना दिदीको अभिनय रहेको छ।

मंगलम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन तेजेन्द्र दुराले गरेका हुन्। सुरेश श्रेष्ठले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका हुन् भने प्रकाश धमलाले भिडियो सम्पादन गरेका छन्।