भूमिका र नकुलको स्वरमा ‘बाटुला’ सार्वजनिक



काठमाडौँ। गायिका तथा समाजसेवी भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक–भिडिओ सार्वजनिक भएको छ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक–भिडिओ सार्वजनिक गरिएको हो। गायिका भूमिका शाह र नकुल गौतमको स्वर रहेको उक्त गीतको भिडिओ भने धर्मेन्द्र आचार्यको निर्देशनमा बनेको हो।

म्युजिक भिडिओ सार्वजनिक गर्दै कार्यक्रममा गायिका शाहले म्युजिक भिडिओ तीजलाई लक्षित गरी बनाइएको बताईन्। उनले भनिन्,‘यो गीत तीज स्पेशल हो। आजकाल निस्केका तीजलक्षित गीतहरुले समाजमा नकारात्मक असर बनाइरहेको छ।

कार्यक्रमको प्रमुख अतिथि चाँदनी घिमिरेले गीत राम्रो बनेको भन्दै प्रशंसा गरिन्। त्यसैगरि कार्यक्रममा गीतकार तथा गायक नकुल गौतमले समाजलाई सकारात्मक असर पार्ने गरी आफूहरुले गीत बनाएको र सोहीअनुसारको भिडिओ बनेको स्पष्ट पारे।

उनले भने,‘अहिले पछिल्लो समय विभिन्न गीतका भिडिओमा देखिएको विकृतिलाई चिर्दै हामीले नयाँ शैलीमा समाजलाई सकारात्मक सन्देश प्रवाह गर्न राम्रै म्युजिक भिडिओ ल्याएका छौँ। आशा छ, दर्शक तथा श्रोताहरुले हाम्रो यो कामलाई मनैदेखि मनपराईदिनुहुनेछ।’ उनले आफूले २ वर्षअघि लेखेको उक्त गीत आज आएर भिडिओसहित सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गरे।

उनले भने,‘मैले अहिलेसम्म समाजमा विकृति फैलाउने खालका शब्द रचना लेखेको छैन् र यो गीतमा पनि त्यस्तो छैन्।’ भिडिओमा समिक्षा घताने, शर्मिला श्रीमाल, शरद एल।जी, रामकृष्ण दुवाडी र अभि शर्माले अभिनय गरेका छन्।