पारस खड्काकाे नजर राजनीतिमा



काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यास लिएका क्रिकेटर पारस खड्काले आफू राजनीतिमार्फत देशको सेवा गर्ने मनसाय व्यक्त गरेका छन्।

सन्यासपछि बुधबार पहिलो पटक पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका हुन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना आगामी योजनाबारे जानकारी दिएका थिए। त्यस्तै उनले तत्कालका लागि नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ नै आफ्नो ध्यान केन्द्रित रहने उनले बताए।

उनले भनेका छन्, ‘खेलले मलाई त्यही सिकाएको छ। कतिवटा गलत निर्णय हुन्छन्, कतिवटा सही निर्णय हुन्छन्। सबैले हामीले विश्वकप खेल्यौं भनेर वाहवाही गरे। तर, हामीले विश्वकप हारेका पनि थियौं। अहिले हामीसँग ओडिआई स्ट्याटस छ। अर्को लेभलमा पुग्नका लागि भने व्यवस्थापनले सर्पोट गर्नुपर्छ।’