मोडल टिका जैसीको स्वरमा ‘मान्दै मान्दैन मन’ सार्वजनिक



काठमाडौँ। मोडल टिका जैसीको आवाजमा पहिलो गीत ‘मान्दै मान्दैन मन’ को भिडियो सार्वजनिक भएको छ।

लोकदोहोरी गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी नायिका जैसीले आफ्नै आवाजमा पहिलो डिजे गीतको भिडियो ल्याएकी हुन् । उक्त गीतमा टिकालाई गायक उमेशश मुस्कानले आवाजमा साथ दिएका छन् ।

उमेशकै शब्द र संगीतमा तयार भएको उक्त गीतमा राजेन्द्र भट्ट र्यापर गायकको रुपमा छन् । केशव बडुले संगीत संयोजन गरेको गीतको भिडियोमा नायक पल शाह र मोडल तथा यस गीतकी गायिका टिका कै बहिनी इन्दिरा जैसले नृत्य गरेका छन् ।

शुक्रबार गीतको भिडियो उनले आफ्नै नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । नयाँ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिए पनि यो समाचार तयार पार्दासम्म २४ हजारभन्दा धेरै पटक उक्त गीतको भिडियोलाई हेरिएको छ । दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेर मोडलको रुपमा चिनिएकी टिकाले पहिलो पटक आफैँले गीतमा आवाज दिएर अनुभव लिएको बताइन् ।