जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन: रामकुमारी झाँक्री



काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीको जालझेलमा नपर्न आग्रह गरेकी छन्।

लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिनिधि सभा अनिवार्य सर्त भएको उल्लेख गर्दै नेता झाँक्रीले एकताका नाममा ओलीको जालझेलनमा नपर्न आफ्ना नेताहरूलाई सचेत गराएकी छन्।

‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त हो। हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौं,’ नेता झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ। त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुँदैन।’