अस्ट्रेलियामा रहेका नेपाली युवाहरुको सहयोगमा कोहलपुरमा राहत वितरण



कोहलपुर। अस्ट्रेलियामा बस्दै आएका सामाजिक कार्यमा सक्रिय नेपाली युवाहरुको सहयोगमा कोहलपुर ग्यालरीद्वारा राहत वितरण गरेको छ।

ग्यालरीले हालसम्म कोहलपुरका विभिन्न स्थानमा बस्दै आएका दिनदुखी, एकल महिला, असहाय एवं विपन्न २१ घरपरिवारलाई राहत वितरण गरेको छ। जसमा १५ किलो मसिनो चामल, २ किलो मिक्स दाल, २ किलो चना, १ लि. सुर्यमुखी तेल, १ प्याकेट नुन, ३ किलो आलु, १ किलो प्याज वितरण गरिएको हो। कोहलपुरमा मात्र नभई कालिकोटमा आगलागी पिडित दलित वस्तीका १४ परिवारलाई राहत स्वरुप खाद्यान्न पठाएको ग्यालरीका अध्यक्ष सरोज राज शाहीले जानकारी दिए।

ग्यालरीले अस्ट्रेलियामा बस्दै आएका समाजसेवी युवाहरुको सहयोगमा विगतदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ र स्वतस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका वर्ग एवं समुदायसम्म पुगि राहत स्वरुप खाद्यन्न सामाग्रीहरु, एकल महिला तथा विपन्न परिवारलाई राहत वितरण गर्दै आएको अध्यक्ष शाहीले जानकारी दिए। ग्यालरीले आवश्यक साथ सहयोग र सहकार्यका लागि सम्पूर्ण माझ अनुरोध गरेको छ।

सामाजिक कार्य गर्दै आएका युवाहरू अशोक मैनालीद्वारा ९ हजार ४ सय, नवीन मैनालीद्वारा १ हजार ८८०, राजु तिमिल्सिनाद्वारा ४ हजार ७ सय, युवराज रावतद्वारा ९ हजार ४ सय र सन्दिप राना छेत्रीद्वारा ४७ हजार ९४० गरी करिब ७५ हजार नगद सहयोग प्राप्त भएको थियो। यस पवित्र सहयोगका लागि ग्यालरीले उनीहरूलाई सम्मान र आभार प्रकट गरेको छ।