माओवादी मजदुर नेताको घर जुवाखाल



काठमाडौं। निषेधाज्ञाको सयममा काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो।

जुवाखालबाट १० लाख ९७ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा होटल संचालक पिताम्बर गौतम, भारतिय नागरिक कानु प्रधान, काठमाडौं घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक सहित २५ जना छन्।