सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई



काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताका विषयमा निर्णय गर्ने अधिकारी अध्यक्ष प्रचण्डलाई दिएको छ।

बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने या नगर्ने भन्ने अधिकार प्रचण्डलाई दिने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकपछि पत्रकारसँग उनले भने, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ।’