बादल पुनःगृहमन्त्रीमा नियुक्त



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन्।

राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ।

यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो। राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए। थापाले आजै गृहमन्त्रीको रुपमा सपथ लिँदैछन्।