प्रदिप र मुनाको अभिनयमा ‘थाहा छैन’ सार्वजनिक



काठमाडौँ। फोटोपत्रकार प्रदीपराज वन्तको अभिनय रहेको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो केही दिन अघि काठमाडौँँको एक रेष्टुरेन्टमा विमोचन गरिएको थियो।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ। गीतकार सन्तोष जंग थापाद्धारा रचित ‘थाहा छैन’ नामक गीत गायक रोसन राईले गाएका छन।

भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ। गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन्। गीतको संगित तथा भिडियो निर्देशन आसिक राईले गरेका हुन्।