संसद् पुन:स्थापना भएपछि काठमाडौँमा खुशीयाली



काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्‍याली निकालेको छ।

काठमाडौँको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्यालीसहित नगर परिक्रमा गरेका हुन्। र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन्।

र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको छ। मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो। सर्वोच्च अदालतको फैसलापछि उत्साहित नेकपाको सो पक्षले आज देशैभर विजय र्याली र सभा आयोजना गरेअनुसार काठमाडौंमा विजय र्याली भएको हो।

तस्बिर: चन्द्रबहादुर आले