संसद् पुनर्स्थापनाको शुसियालीमा विजय जुलुस



काठमाडौँ। संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले विजय जुलुस निकालेको छ।

काठमाडौँका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर कोर्ण सभामा परिणत भएको छ। सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन्। सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन्।

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो। सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ। काठमाडौँको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किएका छन्।