‘निर्मला प्रकरणका दोषी कानूनको पञ्जा नजिक’



काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन्।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए।

उनले अघि भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं।’