एन्फाद्वारा कर्णाली प्रदेश सरकार पराजित



सुर्खेत। कर्णाली प्रदशेको राजधानी वीरेन्द्रनगरमा प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित मैत्रिपुर्ण फुटबल खेलमा एन्फा (११) ले मुख्यमन्त्री (११) लाई ३-१ गोलको अन्तरले पराजित गरेको छ।

सर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित रंगशालामा शुक्रबार भएको मैत्रिपुर्ण खेलमा कर्णाली सरकारविरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो। एक घण्टाको समय सीमा निर्धारण गरिएको खेलमा दुबैतर्फबाट एकएक गोलको बराबरी भएपछि खेल टाइब्रकेमा लगिएको थियो।

टाइब्रकेमा एन्फाले तिन गोल गर्यो भने कर्णाली सरकारले एकमात्र सान्तोना गोल फर्काएको थियो। कर्णाली सरकाको कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पुर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गरेका थिए।