बुटवलमा प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन



काठमाडौँ। नेकपा प्रचण्ड-माधव पक्षले लुम्बिनी प्रदेशको रुपन्देही बुटवलमा शक्ति प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो।

कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन्। सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो।