ह्वाइट हाउसमा बाइडेन ‘इन, ट्रम्प ‘आउट’



काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वसिङ्टनस्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस छाडेका छन्। उनी फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै वासिन्टन डिसी छाडेर फ्लोरिडातर्फ उडेका हुन्।

बिदाई अघि उनले आफ्नो परिवार र ह्वाइट हाउसका कर्मचारीलाई पनि धन्यवाद दिएका छन्। त्यसपछि उनले नयाँ प्रशासनलाई शुभकामना दिए। तर, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको नाम भने लिन चाहेनन्।

छोटो बिदाई शुभकामनापछि उनी सीधै हेलिकप्टरतर्फ लागेका थिए। उनलाई सञ्चारकर्मीले प्रश्नहरु गरे पनि उत्तर दिएनन्। आजै अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा शपथ लिनेछन्। साथै जाे बाइडेनले सत्ता सम्हालेका छन्।