ठमेलका व्यवसायीले भने, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं?’



काठमाडौँ। रात्रीकालीन व्यवसाय खोल्न नदिएको भन्दै राजधानीको ठमेलका व्यवसायीहरु आन्दोलित बनेका छन्।

ठमेलमा बुधबार व्ययसायीहरुले सरकारका विरुद्धमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्। व्यवसायी एवं राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य वकिल बम सरकारले स्कुल, विश्वविद्यालय खोल्न दिने अनुमति दिएको तर ठमेलका रात्रिकालिन् व्यवसायीहरुलाई माथि अन्याय गरेको बताउँछन्।

कोरोनाका कारण गत चैतदेखि व्यवसाय बन्दहुँदा आर्थिक समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ। नेता बम सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा र ध्यानाकर्षण गराउँदासमेत आफ्ना मागहरुको सुनुवाइ नभएकाले प्रदर्शनमा उत्रिनु परेको बताउँछन्।

काम छैन, दाम छैन, जनता कोरोनाले होईन, सरकारको लापरबाहीले मर्दैछन्, कोरोना रातिमा मात्रै लाग्छ र सरकार? गरिखान देउ सरकार, सरकार व्यवसाय खोलौ कि आत्महत्या गरौं, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायीहरु सडकमा उभिएका थिए।