जुम्लामा १५९ जना कांग्रेसमा प्रवेश (फोटोफिचर)



जुम्ला। नेपाली कांग्रेस जुम्ला, हिमा गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा अन्य पार्टी परित्याग गरि एक सय ५९ जना कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार नेकपा (विप्लव) का जिल्ला जनसकार उपप्रमुख दलजित शाहीलगायत अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा १५९ जनाले प्रवेश गरेका हुन्।

कांग्रेस जुम्लाका सभापति दिपबहादुर शाही, उपसभापति लक्ष्मण बोहरालगायत जिल्ला स्तरिय नेताहरुले अन्य पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टीमा स्वागत गरेका थिए।

१५९ जना व्यक्तिहरु अन्य पार्टीमा सक्रिय राजनीति गर्दै आएका थिए। नेकपाको सरकारले देश र जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै उनीहरु कांग्रेसमा प्रवेश गरेको बताउँछन्।