एलन मस्क कसरी बने संसारको दोस्रो सर्वाधिक धनाढ्य ?



काठमाडौँ। हप्ताभरीको ठूलो आर्थिक खबरमध्ये एउटा थियो–एलन मस्कको टेस्ला कम्पनी पाँच लाख करोड डलरको भयो र यससँगै एलन मस्क संसारको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भए। यो दोस्रो स्थानमा उनी अघि बिल गेटस् थिए।

टेक्नोलोजी जगतको खबरसँग सम्बन्धित बीबीसी टेक टेन्ट पोडकास्टको प्रश्न छ कि इलेक्ट्रिक कार बनाउने यो कम्पनीमा लगानीकर्ताले त्यस्तो के देखे जुन एक वर्ष अघि मात्रै पनि देखिएको थिएन।

किनभने सन् २०२० को सुरुवातमा स्टक बजारले टेस्लाको मूल्य ८० अर्ब डलर आँकलन गरेको थियो र त्यतिबेला पनि भनिएको थियो कि यो मूल्य यस्ता व्यवसायको लागि धेरै नै हो जुन खासै फाइदाजनक छैन। वर्षभरी यो कम्पनीको सेयर बढिरह्यो र कम्पनीले पाँच लाख करोड डलरको मूल्य पार गर्यो।

नाफाको बाटोमाः

इन्डेक्सले यसलाई अग्रणी कम्पनीमा समावेश गर्ने खबर चलेको छ। टेस्लाको मूल्य अब टोयोटा, फक्सव्यागन, ह्यून्डे, जीएम र फोर्डको कूल मूल्यभन्दा पनि बढी भइसकेको छ।

टेक टेन्टले हिसाब–किताब गर्दा यो कम्पनीले गत वर्ष कूल ५० अर्ब डलरको नाफा कमाएको थियो। तीमध्ये केही अब कोरोना महामारीका कारण पनि आर्थिक झेलिरहेका छन्। यता, टेस्ला भने १ अर्ब डलर नाफाको बाटोमा छ।

यदि कम्पनीको यो मूल्यांकनलाई हेर्ने हो भने लगानीकर्तालाई निकट भविष्यमा ५० गुणा फाइदा हुने हो कि भन्ने सम्भावनासहितको प्रश्न उठेको छ।

अटो इन्डष्ट्रिः

प्यासन क्यापिटलका एलिन बरबिजले भने, ‘यसको अर्थ यो मात्रै हो कि जसले यो मूल्यमा स्टक खरिद गरिरहेका छन्, उनीहरुलाई लाग्छ कि यो बढी मूल्यमा बेच्न सकिनेछ।’

बरबिजको काम नयाँ कम्पनीको मूल्यांकन गर्नु हो जुन टेस्लाभन्दा पनि सुरुवाती स्टेजमा छन्। विश्लेषकका अनुसार धेरैजसो यो प्रक्रिया अतार्किक पनि हुन्छ किनभने यो मूल्यांकन बजारको मूडमा पनि निर्भर हुन्छ, कम्पनीको क्वालिटीमा होइन।

टेस्लाका प्रशंसकले कम्पनीले अटो इन्डष्ट्रिलाई एक नयाँ दिशा दिएको बताएका छन्। तर सन् २०२० को सुरुवातमा पनि कुरा त्यस्तै थियो जब कम्पनी ८० अर्ब डलरको थियो।

बरबिज भन्छन्, ‘यो व्यापारको यस्तो कुनै आधारभूत कुरा थिएन जसलाई आधार बनाएर वर्षको सुरुवातमा नै भन्न सकिन्थ्यो कि यसमा पाँच–६ गुणा बढी फाइदा हुनेछ।’

सेयर बजारः

तर विश्लेषकले लगानीकर्ताले एक छोटो समयको जुवा खेलिरहेको बताइरहेका छन्। बरबिजले भने, ‘मलाई लाग्छ कि बजार अधारभूत तरिकाले तार्किक नै छ। मेरो विचारमा कुरा समयको पनि हो। खरिदकर्तालाई लागिरहेको छ कि उनीहरु आफ्नो सेयर बढी मूल्यमा बेच्न पाउनेछन्। र उनीहरुले यस्तो सोच्नुको कारण पनि छ।’

विश्लेषकका अनुसार थोरै समयका लागि स्टक खरिद गर्न वा बेच्न धेरै तर्क लगाउन आवश्यक छैन।तपाईंहरुलाई एउटा कहानी थाहा होला कि जहाँ फ्लीट स्ट्रिट स्टकका एडिटरले बजार किन बढिरहेको छ भनेर सोध्दा पत्रकारले भनेका थिए, ‘बेच्नेभन्दा बढी खरिद गर्ने भएर।’जब बजार खस्किन्थ्यो तब पत्रकारले यसको ठिक विपरित जवाफ दिन्थे।

इलेक्ट्रिक कार कम्पनी टेस्लाः

जस्तै बरगंडीको सन् १९४५ को बोलत वा पिकासोको पेन्टिङ । जस्तै लण्डन वा सान फ्रान्सिस्कोमा सानो फ्ल्याट। त्यसरी नै टेस्लाको मूल्यांकन ठ्याक्कै त्यस्तै हो जहाँ खरिदकर्ताले मूल्यभन्दा बढी प्रोडक्टलाई महत्व दिइहेका छन्, चाहे मूल्य जति नै अतार्किक किन नहोस्।

यद्यपि, यो विषयका एक जानकारले थुप्रै महिना अघि इलेक्ट्रिक कार कम्पनी टेस्लामाथि अत्यधिक पैसा लगाइएको बताएका थिए।१ मेमा उनले ट्वीट गरे, ‘टेस्लाको सेयरको मूल्य अत्यधिक धेरै छ।’

ती व्यक्ति को थिए? उनी एलन मस्क नै थिए र यो ट्वीटपछि कम्पनीको मूल्यांकन १४ अर्ब डलर घट्यो पनि।त्यतिबेलादेखि अहिलेसम्म सेयरको मूल्य चार गुणा बढ्यो तर कसलाई के थाहा भविष्यमा के होला?