हाब्रे संरक्षणमा जुम्ली समूदायको भूमिका



परिचय

हाब्रे एउटा दुर्लब स्तनधारी जनावर हो जसलाई जुम्ली समाजले नौटोटो, ह्याउ कुकुर, पुदे कुदो र निगाली बाघ जस्ता नामले चिन्ने गर्दछन्।  यसको शरीरको लम्वाई ९३ देखि ११० से।मि लामो, ३.५ देखि ६.५ के्जी तौल र औसत आयु ८/१० बर्ष रहेको पाइन्छ। यो दुर्लब जनावर २२०० देखि ४८०० को उचाईमा रहेको मालिंगो र निगालो भएको शितोष्ण र चौडापाते बनमा पाइन्छ। यो प्रजातिको रेड पाण्डा नेपाललगायत भारत, चिन, म्यान्मार र भुटानमा मात्र पाइन्छ। यसको संख्या विश्वमा झन्डै १०००० को हाराहारीमा पाइन्छन भने नेपालको सन्दर्भमा ३५०-५०० को हाराहारीमा पाइन्छन्।

जुम्लामा पहिलो पटक रेड पाण्डा नेटवर्क र हातेमालो नेपालको साझा समजदारिमा पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम सञ्चालनमा आएको छ। जुम्ला जिल्लाको सिंजा गापाको २ नम्बर वार्डमा रहेको बदाथुम र सियालामुल सामुदायिक बनमा र पातारासी गापाको ७ नम्बर वार्डमा रहेको माहरुद्र सामुदायिक बनमा गरि दुइ गाउपालिका को कार्यक्षेत्रमा रेड पान्डा संरक्षण गतिबिधिहरु हुदै आइरहेका छन्।

बिगत लामो समय कामगर्दै आउँदा हामी अहीले रेड पाण्डा प्रतक्ष्य देख्न सफल भएका छौं। त्यसैले जुम्लामा रेड पाण्डा संरक्षणमा जुम्ली सामुदायको भूमिकालाई मध्यनजर गर्दै हामीले संरक्षणका कुराहरु र प्रयासलाई केहि शब्दमा उलेखित गरेका छौं। यस दुर्लव प्रजातिलाई बचाउनु जुम्ली समुदायको मुख्य भूमिका रहेको मानिन्छ।

विश्वबाट लोपोन्मुख अवस्थामा रहेको नौटोटोलार्इ बचाउन पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षणमा रेड पाण्डा नेटवर्क र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाको साझेदारीमा सञ्चालितमा हाम्रो जुम्लामा पनि विभिन्न बन्यजन्तु वा रेड पान्डा संरक्षणका गतिबिधिहरु हुँदै आएका छन्। जुम्ला जिल्लामा रहेका पातारासी र सिंजा गाउँपालिकामा रहेका सियालामुल, बाढाथुम, सलिम्धारा र महारुद्र समुदायिक बनमा रेड पाण्डा संरक्षणका गतिबिधि तथा अन्य चेतनामुलक क्रियाकलाप हुँदै आइरहेका छन्।

जुम्ली समुदायले नौटोटोलगायात अन्य बन्यजन्तुलाई जोगाउन स्कुल, आमासमुह, गोठालाहरुलार्इ जनचेतनामुलक तालिम र यहाका स्थानीय संस्कृतिक क्रियाकलापलाई जोड दिदै उच्च पहाडी र हिमाली क्षेत्रको बनको सूचक पणाली हाब्रे (नौटोटो) मानि संरक्षणमा निकै नै अगाडी बढिरहेका छन्। साथै प्रत्यक्ष रेडियो कर्णाली १०५.२ मेगाहर्ज मार्फत रेड पाण्डा संरक्षण सम्बन्धि गतिबिधिहरु प्रसारण गरि जुम्ली समुदायलाई रेड पाण्डा (नौटोटो) संरक्षणका संदेशहरु दिने गरिन्छ।

यस कार्यक्षेत्रमा रेड पान्डा साथै अन्य बन्यजन्तुले खान रुचाउने प्राजातीका बोटबिरुवाको नर्सरी निर्माण र पानि पोखरी निर्माण साथै नौटोटो भनेर चिनिने हाब्रेका संरक्षणका लागि होडिंग बोर्ड तयार गरि संरक्षणका कुराहरु उल्लेखित जस्ता क्रियाकलाप भइरहेका छन्। जुम्ला जिल्लामा रहेका बिभिन्न स्कुलहरुमा इको क्लब गठन गरी नौटोटो संरक्षणका क्रियाकलाप गर्नुका साथै न्युन आयस्रोत भएका तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। यसलाई संरक्षण गर्नु्का साथै जीवीकोपार्जन सुधारमा पनि टेवा पुग्ने गरि केही निश्चित घरधुरीलाई पाइलटिंगको लागि प्लास्टिक घर वितरण गरि उँहाको जीवनस्थर माथि उकास्नमा पनि भरपक सहयोग पुगेको छ।

यसलाई जोड दिदै होमस्टेको पनि राम्रो प्रबन्ध गरि व्यवस्था गर्ने आँकलन भएको छ। विश्वमा दुर्लव अवस्थामा रहेको हाब्रे (नौटोटो) साइटिस अनुसूची १ र आइयु सीएनको संकटापन्नमा रहेको स्तनधारी जनावर हो। यसलाई संरक्षण गर्न जुम्ली समुदायको अत्यन्तै ठूलो भूमिका रहको छ। नेपाल सरकारद्वारा हाब्रे मार्ने, घाइते गर्ने र चोरी सिकार गरि ओसारपसार गर्नेलाई ५ देखि १५ लाख जरिमाना वा १ देखि १० वर्ष कैद वा दुवै हुने जस्ता कानूनी प्रक्रियाले हाब्रे संरक्षणमा थप उत्साहा मिलेको छ।

(लेखक रेडपाण्डा संरक्षण कार्यक्रम, जुम्लाका संयोजक हुन्।)