काठमाडौँका १३९ सहित देशभर ४८४ जनामा कोरोना पुष्टि



काठमाडौँ। नेपालमा वितेको २४ घण्टामा थप ४८४ जना कोरोना संक्रमित थपिएका छ।

आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ। २४ घण्टामा १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ। गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन्। कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।