बाढी-पहिरो पीडितलाई प्रदेश सरकारले एक लाख प्रदान गर्ने



सुर्खेत। कर्णाली प्रदेश सरकारले बाढी-पहिरो पीडितलाई तत्कालका लागि प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध प्रदान गर्ने भएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला के.सी.का अनुसार प्रदेश सरकारले एक लाख नगदसहित तीन महिनालाई पुग्नेगरी खाद्य सामाग्रीसमेत प्रदान गर्ने भएको छ। कर्णाली प्रदेशको कालिकोट, जाजरकोटलगायतका जिल्लामा बाढी पहिराले ठूलो जनधनको क्षती गरेको छ।

त्यस्तै प्रदेश सरकारको साउन १७ गते बसेको बैठकले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निमार्णकमा लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेका जग्गा प्राप्ति सम्बन्धमा सहमजि गर्ने निर्णय भएको छ।