जिन्दगी एक, भोगाइ अनेक



हैसियत खोजेर जानेहरुले आफ्नो धरातल भुली दिन्छन्। आफुले फाइदा लिदासम्म राम्रो लागेका हरेक कुरा मुल्यहीन लाग्दै जान्छन्। जब मानिसको घमण्डले सबै कुरा सकिन्छ, सबै तिरबाट थाकेपछि फेरी दुःख पीडाको बाटोमा यात्रा गर्ने ती मानिसहरु फेरी एकपटक ठोकिन्छन्।

हिजो झुपडी भनेर हेला गरेको घर आज फेरी दुःख बिसाऊने महल बन्छ, हिजो स्तर नमिलेर सङ्गत नगेरेको मानिस आज झुपडीको छिमेकी बनी सहयोग गर्छ। हिजो पैसा हुँदा हेला गरेको पारिको त्यो चिया पसलले आज थकित र भिजेको शरिरलार्इ एक गिलास तातो चियाको आभास गराऊछ। हिजो पैसा हुँदा मोज गर्ने तिम्रो पाँच तारे होटलले तिमीलार्इ टाढैबाट नजर लगाऊछ।

त्यति मात्र कहाँ हो र ? तिमीले पसिना काड्दै ईट्टाको भारी बोक्दै गर्दा तिमीले कुनै समय प्रयोग गर्ने ट्याकसी ड्रइभरले तिमीलाई नमस्कार गर्दैन, तिम्रो छेऊबाट धुलो उडाऊदै नरोकी बाटो लाग्छ। कुरा के हो भने कुरा केही समय अगाडिको हो। मेरो एकजना गौरब नाम गरेका साथी थियो। पढाइमा एकदम राम्रो जान्ने थियो, लगनशील थियो, मिहेनत धेरै गर्दथ्यो।

समय अगाडि बढ्दै गयो, गौरबले कोरिया जाने सिलसिलामा भासापास गरि कोरिया गयो। सामान्य पारिवारिक वातावरणमा हुर्केको गौरवले धेरै पैसा कमाऊने घर परिवारलाई खुसी दिने सुनौलो सपना बोकेको थियो। भाग्यको साथ भनौ वा मिहिनेतको फल भनौ साथी गौरबले कोरियामा राम्रो पैसा कमाएको अनि काम पनि राम्रो पाएको कुरा सुन्दा म नेपालमा धेरै खुसी हुन्थे।

समय बित्दै गयो सबैभन्दा मिल्ने साथी भएकोले नजिक हुनु दुख सुख बाड्ने चाहाना मेरो मनमा सधै थियो। तर, कुनै समय परिस्थिति अथवा मन नभएकै कारण न हो कि बिस्तारै मेरो साथी मबाट टाढा भयो। न मैले फेसबुकमा भेटे न त कतै कुरा नै गर्न पाए। आस त मलार्इ पनि पैसाको थिएन। साथीले धेरै कमाओस उसको सफलता अनि ऊसको खुसी नै मेरो खुशी हो जस्तै लाग्थ्यो मलाई। तर, पनि खै के कारण मदेखि गौरब टाढा भयो।

मलाई लाग्यो कि मानिस त्यो बेलासम्म मात्र साथमा हुने रहेछ, जब कसैले केही कुरा दिन सक्छ। सानोमा साथी हुँदा हामी मिलेर खाजा खान्थ्यौँ। कहिले म पैसा मिलाऊथे त कहिले ऊसले मिलाऊथ्यो। त्यो समयमा म चिया पसलमा भाडा माझ्ने काम गर्थे। गौरव एकदम मिहिनेतका साथ पढथ्यो, त्यसैले म सँगै केही पैसा हुन्थ्यो र धेरै जसो म नै खाजा खुबाऊथे। दुःख सुख मिलेर खुशस्का साथ हाम्रो दोस्ती चलेको थियो।

तर, समय कहाँ एकै हुन्छ र आज सात वर्ष भएछ हाम्रो कुराकानी अनि सम्पर्क नभयको पनि, समय फेरी आफ्नै गतिमा थियो आज म काठमाडौँको एक बन्द कोठामा लकडाउनको पालना गरिरहेको छु। आज अकस्मात गौरबको कल आयो म यति खुसी भए कि मैलै आफुलार्इ समाल्नै सकिन। सायद खुशीको आँसु हो या पीडाको ? त्यो पनि रोक्न सकिन।

बिस्तारै एक अर्काको हालखबर बुझदै गयौँ। गौरव डराएको वा केही पीडा भएको जस्तो देखिन्थ्यो। मैले सबै कुरा बुझे हामी फेरी रुन थाल्यौं। धेरै दुःखी रैछ समस्यामा रैछ। ऊसले मलार्इ पचास हजार कतैबाट सहयोग मिलाऊन सकिन्छ भने सहयोग गर्नु भनेर सहयोग मागेको थियो। खासमा पाच वर्ष कोरियामा दुःख गरेर ऊसले राम्रो पैसा कमाएको रहेछ। लगभग त्यो समयमा एक करोड पचास लाख जतिको सम्पत्ति कमाएको रहेछ। काठमाडौमा जग्गा किनेर एऊटा घर पनि बनाएको रहेछ।

गाउँबाट बुबाआमा बहिनी सबैलाई काठमाडौँमा ल्यायर नयाँ घरमा राखेको रैछ। अब काठमाडौंमा नै बस्ने फाइनल भएपछि उसको परिवारले गाउँ घरको सबै सम्पत्ति बेचेर काठमाडौंमा नै बसोबास गर्नु भएको रहेछ। तर दैबको सराप भनौ वा प्राकृतिक बिपत्ति २०७२ सालको महाभुकम्पले वरपरका घर चर्केको मात्र भएपनी उसको घर बस्न नहुने नै भएछ।

एकजनाको कमाइ न थियो। घर परिवार बहिनीको पढाइ आमा बिरामी हुनुहुन्थ्यो। बाबा पनि बूढो हुँदै जानू भएकोले सबै जिम्मेवारी गौरबमाथि थियो। काठमाडौँमा घर बनाऊदा नपुगेको पैसा बैकबाट रिन लिएको रैछ। जब भुकम्पले घर भत्कायो बस्ने डेरा खोज्दा र भाडा तिरी घरायसी खर्च विविध कुराहरुले गर्दा भएको एउटा जग्गा पनि बैंकले लिलाम गर्दिएछ।

हुने हार दैब नटार भनेझै जिन्दगीको कुनै भर छैन। कहिले माथी पुगिन्छ त कहिले तल पछारिन्छ। अहिले फेरी कोरोनाको माहामारीको डरले दुःख सुख चल्दै गरेको जीवनमा ठूलो माहामारी कोरोनाको प्रभाव कोरियामा पनि पर्यो आफ्नो देश अनि जन्मभूमिको माया कुन प्रदेशीलाई हुँदैन होला र ? मरे पनि आफ्नै देशमा मर्ने इच्छाका साथ गौरव आफ्नो काम छोडेर नेपाल आयो।

अब त झन जीवन कष्टकर हुने नै भयो। गाउँमा जाऊ खेती गरौ त आफ्नो खेतबारी छैन। काम गरौ सानो जागीर खाऊ त लकडाऊन छ कुनै ब्यबसाय राम्रो चलेको छैन, बैकमा पैसा पनि बचत छैन। भएको पनि सकियो। अब कसरी चलाऊने जिन्दगी ?आमा बिरामी हुनुहुन्छ। बुबा बूढो हुनु भयो।

बहिनीको पढाइ कसरी अगाडी बढाउने ? बिदेश गैयो दुख गरियो, बिहे गरेर घरजम गर्ने बेलामा दुःख सकिएन। सुखको फुल फल्ने बेलामा किन यस्तो भयो ? दैबले किन ऊसलाई नै पीडा दियो ? गहभरी आँसु पार्दै ऊसको ऊदास जिन्दगीले कसैको सहयोग र साहारा खोजेको छ।

समस्या उस्को आमाको औषधी सकिएको छ। लकडाउनको समयमा घरमा रासन सकिएको छ। घरबेटीले कोठाभाडा मागिरहेको छ। फेरी पनि ऊसले फोन राख्ने बेलामा साथी जसरी भए पनि पचास हजार सहयोग गरिदेउ भन्दै बिन्ती बिसाऊदै फोन राखेको थियो। रातको १ बजेको रहेछ सबैतिर सुनसान थियो। सबैजना सुतिसक्नु भएको थियो। मेरो मन भने एकातिर साथीको फोन आऊदा जति खुसी थियो अर्कोतिर ऊसका पीडा र घटनाले मनमा डेरा जमाएको थियो।

ठन्डा दिमागले सोच्दै थिए। कसरी सहयोग गरौं पचास हजार यो सङ्कटकालको अबस्थामा कसरी कहाबाट जम्मा पारौ ? कसरी साथिको पिडामा मलम लगाऊ ? लकडाउनको ९३औं दिन थियो। जहाँ मैले लकडाउनले सिकाएको र यस समयमा बन्द कोठामा भोगिएका विषयमा कलम चलाऊदै थिए।

त्यत्तीकैमा मैले मेरो मनमा लागेका बुझेका र महसुस गरेका कुरा हरुलाई लकडाउनले सिकाएका कुराहरुलाई एऊटा कथा मार्फत बन्दाबन्दी कोठामा बसेर तीनवटा सन्देशसँगै मेरो त्यो रातको सपनाबाट बिउझीएको छु।