विद्युतको नयाँ दर निर्धारण, १० युनिटसम्म खपत गर्नेलाई नि:शुल्क



काठमाडौँ। विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ। विद्युत नियमन आयेगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो। ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन्। यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ।

मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ। यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ। १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ। यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ। यस्तै ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर तोकिएको छ।