सरकारले गर्‍यो एकैदिन २० हजार आरडीटी टेस्ट



काठमाडौँ। स्वस्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र २० हजारबढी र्‍यापिड डायग्नोटिक टेस्ट (आरडीटी) गरिएको छ। त्यसमध्ये कतिको पोजेटिभ आयो भन्ने खुलाइएको छैन।

केही दिन यता आरडिटी परिक्षणलाई रोक नलाउन र कोरोना नियन्त्रणमा गरिएको खर्चको पादर्शीतालाई लिएर सडक आन्दोलन भइरहेका छन्। तर, सकारले आन्दोलनका बीचमा पनि आरडिटी परिक्षलाई थपप तिव्रता दिएको छ।

स्वास्थ्य मन्त्रालयको नयाँ प्रोटेकलअनुसार १४ दिन क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नभए आरडीटी गर्ने गरिएको छ। नेगेटिभ आएकालाई घर पठाउने गरिएको छ भने पोजेटिभ आएकाहरूको पीसीआर टेस्ट गर्ने गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा छ हजार ५९ स्वाबको पीसीआर विधिबाट परीक्षण गरिएको छ। देशभरका क्वारेन्टिनमा अझै एक लाख ४३ हजार ६१४ जना रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ। उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार सबैभन्दा धेरै रौतहटमा ७६ जना संक्रमित थपिएका छन्।

दाङका ५४ जना, सुर्खेतका ४०, दैलेखका २९, रुपन्देहीका २६, धादिङका २५, डडेल्धुराका २४, कञ्चनपुरका २०, पाल्पा र पर्सा १७र१७ जना र कैलालीका १२ जनामा पनि संक्रमण पुष्टि भएको हो।

यस्तै, बाराका ९ जना, गुल्मीका ८, सर्लाही ६, बझाङका ५, डोटी, बर्दिया र बाँकेका ३र३ जना, बर्दघाट सुस्तापूर्व, बर्दघाट सुस्तापश्चिम, प्युठान र रामेछापमा २र२ जना तथा धनुषा, सिन्धुली र रुकुमपश्चिमका १र१ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उनलाई कोरोना संक्रमण भएको जेठ १२ मा पुष्टि भएको थियो।