कक्षा ११ को परीक्षा आन्तरिक मूल्याङकनबाट टुङ्याउन नेविसंघको सुझाव



काठमाडौँ। नेपाल विद्यार्थी संघले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो।

कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेविसंघको माग छ। कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेविसंघले जनाएको छ।