टिपर दुर्घटना: दुई जनाको मृत्यु, ६ जना बेपत्ता, ३१ जनाको जिवितै उद्दार



 

कालिकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्लाको लालीघाट टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाही आफ्नो निर्वाचन क्षेत्रमा भएको उक्त दुर्घटनाले दुखिद तुल्याएको बताउँदै घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकां छन्।

जिल्लाको नरहरिनाथ गापाको लालीघाटबाट राष्कोट नपा तर्फ जाँदै गरेको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त दुर्घटनामा परी ६ जना वेपत्ता भएका छन्। उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन्।

बुधबार बिहान १० बजे भारतबाट आएका ३९ जनालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली करिडोर अन्तरगत लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो।

दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ।

घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए।