गोरखामा पहिलो पटक १० जनामा कोरोना पुष्टि



गोरखा। जिल्लको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन्। उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए। उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो।

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४र४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ।

उनीहरुमध्ये आठजना भारतबाट आएका हुन्। संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।