सरकार जनताको जीवनमाथि खेलवाड गर्ने काम बन्दगर: प्रदीप कार्की



काठमाडौँ। बहिर्गमित जनमुक्ति सेना नेपालका वरिष्ठ उपाध्यक्ष प्रदीप कार्कीले सरकारले जनताको जीवन र स्वास्थ्यसँग खेलवाड गरेको आरोप लगाएका छन्।

मंगलबार सामाजिक सञ्जालमा मार्फत कार्कीले जनताको जीवनमाथि सरकारले खेलवाड गरिरहेको आरोप लगाएका हुन्। साथै कार्कीले मेलेनियम च्यालेन्ज कप्रोरेशन (एमसीसी) का बारेमा सरकारले जनताका बीचमा आधिकारिक रुपमा धारणा प्रसारण गर्न नसक्दा विवाद बढेको बताएका छन्।

उनले लेखेका छन्, शकसैले एसीसी आवश्यक छ भन्छन्। कोही होइन भन्छन्। खास नेपाली जनताको आँखामा जहिले पनि किन छारो हाल्न खोजिन्छ। यदि यो एमसीसीले नेपाली जनतको हित र विकास र समृद्धिमा सहयोग पुग्छ भने किन बुजाउन सक्दैनौं? नामर्द पानी मरुवाहरु यदि राम्रो छ भने यो यो हिसाबले ठिक्छ भनेर बुजाउन सक्नु पर्यो। हैन भने यो चोर बाटोहुँदै किन संसदबाट पास र फेल भनी रहेका छन् ? तिमीहरूले नेपाली जनतालाई चुसिरहेका नै थियौ हुँदा हुँदा अब बिदेशीलाई पनि नेपाली जनतको खुन पसिना चुस्न लाग्दै छौ छै हैन?’

उनले नेपाली जनताहरुलाई गुलाम नसम्झिनसमेत चुनौती दिएका छन्। उनले अगाडि लेखेका छन्, ‘देश र नेपाली जनतालाई गुलाम बनाउने कोशिस नगर्दा पनि हुन्छ। हजारौं वर्षदेखि स्वाधीन मेरो देश एक दुई जना बिदेशीका गुलाम भाडाका टट्टूहरुले गुलाम बनाउन सक्दैनौं। नेपाली जनतालाई कम्जोर नठान्नु होला र २००७ साल त्यसैगरि ०१७, ०४६, ०६२, ०६३ को इतिहासलाई पनि एकचोटि फेर्केर हेर्न नेपालका नाइके बिदेशीका गुलामहरुलाई अनुरोध गर्दछु।’

कोरोना नियन्त्रणमा सरकार गम्भीर नदेखिएका कार्कीले केटाकेटीको पारा नदेखाउन सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘कोभिड-१९ बाट आज देशमा दिनहु सय दुइसयका दरले संक्रमित बनिरहेका छन्। यस्तो बेलामा सरकार केटाकेटी खेल खेलिरहेको छ। लकडाउन कहिले खुकुलो गर्ने भने को छ। कहिले कडा गर्ने भनेको छ। योत केटाकेटी खेला भएन र? गरि खाने वर्ग र सोजासाझा जनता जस्को पावर र पहुँच छैन उ घरबाट बाहिर निस्कियो कि पुलिसको लाठी खानुपर्छ पावर र पहुँच हुनेहरु आज जतापनी हिडिरहेका छन्।’

उनले अगाडि लेखेका छन्, ‘तर, गरिब जनता आज भोक भोकै मर्न बिबस भैरहेका छन्। यदि लकडाउन खोल्नेनै हो भने पुरै खुल्नुपर्छ। हैन भने नेपाली जनताको जीवन र स्वास्थसंग खेलवाड गर्न पाहिन्न। लाचार अन्धो बहिरो दलाल सरकार धिकारछ। आफ्नो र आफन्तभन्दा अरु नदेख्ने दलालहरु आज जनताको पीडामा रमाई रहेका छन्। कसैलाई घरको घर थुन्ने कसैलाई व्यवसाय खोल्न दिने ? यदि भोलि त्यही कारणले महामारी फैलियो भने त्यस्को जिम्मेवार को हुन्छ ? जो गरिबर असाय मात्र मर्नुपर्ने ? जहिले पनि यो सरकारको ठूलो कमजोरी हुँदैछ। यस्तो कार्य नगर्नको लागि र जनताको स्वास्थमाथी खेलवाड नगर्नको लागि हार्दिक अनुरोध गर्दछु।’