सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने



काठमाडौँ। नेपाल सरकारले सुगौली सन्धीपछिको विवादीत नेपाली भूमि लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन्।