मुख्यमन्त्री शाहीद्वारा गोरिकला बमको स्वास्थ्यवस्थाबारे जानकारी



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्ला पलाँता गापा अध्यक्ष लक्ष्मण बमकी श्रीमती गोरिकला बमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

गत शनिबार अध्यक्ष बम, उनकी पत्नी गोरिकला र भतिजा गजेन्द्र बममाथि आक्रमण भएको थियो। मंगलबार प्रदेश अस्पताल कालागाउँ पुगेर मुख्यमन्त्री शाहीले घाइते बमको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्। आइतबार कुटपिट गनेहरुका विरुद्धमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालय कालिकोटले दर्ता गर्न अस्वीरका गरेको थियो।

अध्यक्ष बमले सोमबार सामाजिक सञ्जाल मार्फत जिल्ला प्रहरी कार्यालय नै (नेकपा) को नीजि कार्यालयका खडा भएको आरोप लगाएका थिए।

घाईते बमसहितको टोलीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत आइतबार सुर्खेत ल्याइएको थियो। गाउँपालिका अध्यक्ष बमले आफूहरुले पलाँताको राडुनेटा हुँदै खिन छलाहा जाने सडकको जग्गा विवाद समाधान गरी गाँउपालिका फकिर्ने क्रममा नेकपा पलाँता गाँउपालिका कमिटीका अध्यक्षसहितको टोलीले आफूहरु माथि आक्रमण गरेको आरोप लगाएका छन्।

उनले भने, ‘हामी पालिका फर्किने तयारीमा थियौँ। उनीहरु आएर पालिका केन्द्र किन निर्माण भएन। थिर्पुमा किन १५ शैया अस्पताल निर्माण भयो भनेर विवादको सुरुवात गरे। मैले बिस्तारै निर्माण हुन्छ भनेर जवाफ दिए। तर, उनीहरुले सिधै ढुंगामुडा गरेर आक्रमण गरे।’

उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कालिकोटले उजुरी नलिएपछि अध्यक्ष बमका दाजु लंकबहादुर बमले नेकपा कालिकोटका अध्यक्ष धनजित शाही र सचिव नगिन्द्र शाहीलाई ज्ञापनपत्र बुझाएका छन्।