‘श्रम विभाजनको सीमा रेखा कोरिनु पर्छ’



मानिस त्यसै पनि स्वतन्त्र प्राणी। समाजमा स्वतन्त्र जीवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो। मानिस स्वस्थ्य हुनु, शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै कामप्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो।

आज मजदुर दिवस मे १ तारेक। “संसारका मजदुर एक हौं” भनि कार्ल मार्क्स र एंगेल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ। १३१औं मजदुर दिवस गत वर्षझै यो वर्ष मनाउन सकिएन। (कोभिड—१९) ले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई भव्य रुपमा मनाउन दिएन। तर, मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन्। कोही मजदुरहरुले देश बिहीन बन्नुपरेको छ। कतै मजदुरहरुले बिचल्लीमा पर्नु परेको छ। सडकमा बास बस्नु परेको छ। रोग र भोकसँग एकै पटक श्रमिकहरु लडिरहेका छन्।

अर्को तर्फ उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ। समाजमा मानिस बाँच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ। श्रमप्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो। मानिस जीवनरत कामबाट उम्किन सक्दैन। हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताएका छन्।

ढुँङ्गे युग, दास युग, पुजीँपति र समाजवादी युगबाट विभिन्न चरण पार गरी बनेको २१औँ शताब्दीमा आइपुगे पनि मजदुरवर्गको हक अधिकार त कागजी रुपमा सिमित भए पनि व्यवहारमा हप्कि र धम्कीका साथ काम गर्नुपर्ने कुरा नौलो होइन। सर्वश्रेष्ठ जीव मानिसमा कुनै पनि काम गर्न अरुभन्दा आत्मिक ज्ञान हुन्छ। तर, पूजीँ र बजारले घरेलु श्रमिकलाई मसिनमय बनार्इदिन्छ। मानिसले दैनिक विहान १० देखि ५ बजेसम्म विश्वव्यापी प्रचलन सामान्य कारिन्दालाई थाहा नहुँदा उ बढि पेलिन्छ।

श्रमजीवि वर्गका लागि खोलिएका संघ सस्था र राजनीतिक दलहरुले बाटो बिराएका बेला श्रमिकहरुको श्रमको वकालत कसले गर्ने? त्यही अनुसारको पारिश्रमिक आफूभन्दा उपल्लो कारिन्दाले उपलब्ध गराउने हो भने श्रम र कार्य विभाजन अझ स्पष्ट रुपमा झल्किदो होला। मार्क्सले बताएका ऐतिहासिक भौतिकवादले मानिसका इच्छा, आकांक्षा, उपाय, विचार र भावनाहरुको समोचित विकास हुनुपर्नेमा जोड गरिएको छ।

यसै अनुसार वस्तु र त्यसको मूल्य निर्धारण र एक काम गर्ने मानिसले त्यस बापत पाउनु पर्ने रकमको बारेमा प्रसंग कोट्याइएको छ। यदि कुनै पनि मजदुरले सामानमा लगानी भएको उसको श्रम बापत उचित रकम नपाउने हो भने उसको आधारभूत आवश्यकता कसरी परिपुर्ति होला ? हुन त कुनै युग पैसा भन्दा सामान साटा साटमा पनि त चलेकै थियो। यसको तात्पर्य चामल जति बोरा साटियो त्यति कै वजनमा सून साटियो भन्ने चैँ हास्यास्पद हुन आउँछ। ति दुई सामानको मूल्य फरक फरक रहेकै हो पहिलेदेखि।

कुनै श्रम गर्दा मानिसलाई त्यो काम प्रतिको लगावले उसलाई ८÷१० घण्टा एक्ल्याएको नै हुन्छ। कसैको हात गोडा चल्दा हुन, कोही नक्सा नाप्दा हुन, कोही गाडी चलाउँदा हुन, कोही खान्की पकाउँदा हुन, कोही मानसिक तनावमा काम गर्दा हुन्। त्यो अवस्थाले समाजवादी दर्शनशास्त्रि दुर्खाइमले आर्दशवादी विहिन भनेका छन्।

उनको जीवन समयमा कारखानामा विदेशमा गएका मजदुरहरु पारिवारीक एक्लोपन, अधिक परिश्रम र मानविय संवेदना अचेत हुनेहुँदा अनाहकमा जीवन समाप्त गर्ने गरेको उनका लेखमा भेट्टार्इन्छ। अझ दुर्खाइमले समाजमा सम्पूर्ण मानिसको श्रमप्रति विभाजनको सिमारेखा कोरीन आवश्यक छ भनेर किटान गरेका छन्। यसरी श्रम विभाजनले मानिसले समाज बुझ्छ र सामाजिक रुपमा उत्तरदायी पनि हुन्छ भनेका छन्। सामाजिक उत्तरदायीत्वलाई पारिवारिक माहोल, साथिसँगी र आफनो काममा प्रयोग हुने अरु साथिहरुबीचमा भावना र श्रम साटासाट हुने उनको तर्कछ। बीचमा भावना र श्रम साटासाट हुने उनको तर्कछ।

मार्स्क, दुर्खाइमले भनेका सबै दार्शनिक चरित्रण समाजको श्रमप्रतिको ऐना होइन र ? आज मजदुर दिवसलाइ स्मरण गरिरहँदा मानिसको श्रमप्रतिको लगाव, उसको पारिश्रमिक, उसको शारिरीक स्वास्थ्य र मानसिकता अब्बल रह्यो भने मात्र समाजवादमा कल्पना गरेको सुन्दर समाज बन्छ। अझैं पनि श्रमलाई एकीकृत र व्यवस्थित गर्न बाँकी छ।

संगठित र असंगठित श्रमिकहरुले आफ्नो श्रमको उचित मूल्यको लागि लडाई जारी राख्नु पर्नेछ। त्यसैले ‘संसारका मजदुरहरु एक हौं।’ श्रमको सम्मान गरौं। श्रमिकहरुको अवस्था र आवश्यकताप्रति जिम्मेवार बनौं। श्रमद्वारा मात्रै समाजवाद सम्भव छ। राष्ट्रिय पूँजी निर्माणमा श्रमको महत्वपूर्ण भूमिका हुन्छ। श्रम नै विश्वको अमर पूँजी हो। १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा हार्दिक शुभकामना।

(लेखक आरआर क्याम्पसका स्ववियू सह-सचिव हुन्।)