लकडाउन २५ वैशाखसम्म



काठमाडौँ। सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो।