धरानको बिपी प्रतिष्ठान र हेटौँडामा कोरानाको परीक्षण शुरु



काठमाडौँ। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण भइरहेको बताएका छन्।

मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण कार्य सुरु गरिएको जानकारी दिएका हुन्।

धरानको बिपी प्रतिष्ठानबाट कोरोना परीक्षण शुरु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण सोमबारबाटै शुरु भएको छ। प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ।

सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए। त्यस्तै गण्डकी प्रदेशको कास्कीबाट पनि मंगलबारदेखि कोरोना परिक्षण हुने बताइएको छ।