घरमै बसेर सरकारलाई सहयोग गरौं: पारस खड्का



काठमाडौँ। क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन्।

नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन्।

अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौं।’ उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न अपिलसमेत गरेका छन्।