कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु



मुम्बइ। कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ। महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ।

कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन्। महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका छन्। जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन्। भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

हालसम्म भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ। यी मध्ये एक कर्नाटक, एकजना दिल्ली र एकजनाको मृत्यु महाराष्ट्रमा भएको छ।

यसैबीच, मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् ९आइसीएमआर०, केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग भेट गर्दैछन् ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन्। एजेन्सी