अनेरास्ववियूका नेता राईलाई ८ वर्ष कैद सजाय



काठमाडौँ। सढारुढ (नेकपा) को भ्रातृ संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणीसम्बन्धी कसूरमा अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने गरी फैसला गरेको हो।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले इजलासले राईविरुद्धको अभियोग दाबी पुग्ने ठहर गरेको बताए। रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन ११ कात्तिकमा आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

उनले देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो।