१४औँ महाधिवेशनपछि कांग्रेस पहिलो पार्टी बन्छ: नेता शाही



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले नेपाली कांग्रेस आगामी १४औं महाधिवेशनको तयारी जुटि सकेको बताएका छन्। सोमबार काष्टमण्डप टेलिभिजन मार्फत प्रसारण हुने ‘राजनीतिक वहस’ कार्यक्रममा बोल्दै नेता शाहीले उक्त कुरा बताएका छन्।

वीपीको आत्मवृतान्त्तलाई स्मरण गर्दै नेता शाहीले भने, ‘कांग्रेस सत्तामा पुगेपछि सुकिला मुकिलाहरुको फन्दामा परेर जनताको बीचमा अलोकप्रिय बन्न पुग्ने अवस्था आउँछ। हिजोका दिनमा भएकै त्यहि हो। हाम्रो पार्टीभित्रको मतान्तरलाई मथ्थर गरेर एकतावद्ध भएर अगाडि बढ्नु पर्नेछ। साना तिना विवादहरुलाई थाति राखेर पार्टीभित्र भावनात्मक रुपमा एक भएर अगाडि जानुपर्नेछ।’

पार्टी यति कम्जोर हुँदा पनि कांग्रेसलाई सही बाटोमा ल्याउन नसक्नु कसको कम्जोरी हो ? भनेर कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नको जवाफमा शाहीले भने, ‘पार्टी नेतृत्वले रणनीति र कार्यनीतिमा कही न कही कमजाेरी गर्यो। सभापति र अन्य नेताहरुको कमि कमजाेरी त भएकै छन्।’

उनले अगाडि भने, ‘हाम्रो पार्टीमा जे विवाद छ, त्यो सबै बाहिर आउछ। हाम्रो पार्टीभित्र खुलेर विरोध गर्न पाइन्छ। लोकतन्त्रको पक्षधर पार्टी भएका कारण वाद, विवाद र संवादका आधारमा समस्याको हल खोजिनु पर्छ भन्ने मेरो मान्यता हो। केही तप्काले नेतृत्वलाई सही रुपमा सुझाव सल्लाह दिन र दवाव सिर्जना गर्न नसकेको पनि सत्य हो।’

उनले भने, ‘हाम्रो पार्टी कहिले नउठ्ने गरी ढलेको छैन। त्यस्तो विश्लेषण हुन थालेको छ। यो पूर्ण सत्य होइन। पार्टीको नेतृत्व र नेताका बारेमा खुल्ला छलफल हुन्छ। महाधिवेशन पछि हाम्रो पार्टी नयाँ ढंगबाट अगाडि बढ्छ।’

बाँकी भिडियो हेर्नुुहोस्