एनआरएनए अध्यक्ष पन्तलाई यूकेमा कालो झण्डा



काठमाडौँ। गैर आबासीय नेपाली संघ (एनआरएनए) बेलायतमा भएको आर्थिक अपचलनको छानबीनको माग गर्दै संस्थाका अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ।

एनआरएनए यूकेको सम्मान कार्यक्रमविरुद्ध कार्यसमितिकै चार उपाध्यक्षहरुले विरोध गरेका थिए। बिहीबार अल्डरसटमा हुने तयारी भइरहेको संस्थापक र सल्लाहकारहरुको सम्मान कार्यक्रमको पूर्व सन्ध्यामा एनआरएनए यूकेका चार जना उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीले संयुक्त पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम विधान विपरीत भएको जनाउदै विरोध जनाएका थिए।

उता अध्यक्ष पुनम गुरुङले कार्यसमितिकै उपाध्यक्ष र कोषाध्यक्ष समेतले थाहा नपाइ आर्थिक संकलन आईसिसी मनोनीत रामशरण सिमखडालाई जिम्मा दिएकी थिईन्।

कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्षकुमार पन्त जर्मनीबाट उड़ेर र महासचिव हेमराज शर्मामाथि जिम्मेवारी बिर्सिएर टीका लगाएर मनोनीत गरिएका एकजना व्यक्तिको लहडमा सम्मान थाप्न उत्रेका आरोप छ।

आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले जसरी पनि प्रमुख अतिथीको रुपमा बोलाउने र अर्को पक्षले बिबादित कार्यक्रममा न आउन अनुरोध गरेको थियो। निवर्तमान कार्यसमितिले कारीब चार लाख पाउन्डको हिसाबकिताब नबुझाउदा र निर्वाचन पनि पारदर्शी नहुँदा सर्बसाधारणले छानबिनको माग गरिरहेका छन्।