प्रधानमन्त्रीको बुधबार किड्नी प्रत्यारोपण गरिने



काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ।

प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो। बैठकले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको पनि श्रेष्ठले जानकारी दिए। त्यसबाहेक सचिवालय बैठकमा अन्य विषयमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए।