‘विद्यार्थी आन्दोलन र स्ववियुको अपरिहार्यता’ विषयक अन्तक्रिया हुने



काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्नराज्य क्याम्पस (आरआर)को आयोजनामा ‘लोकतान्त्रीक व्यवस्थामा विद्यार्थी आन्दोलन र स्ववियुको अपरिहार्यता’ विषय अन्तरक्रियाको आयोजना गर्ने भएको छ।

फागनु १४ गते बिहान राजधानीको प्रदर्शनिमार्ग स्थित आरआर क्याम्पसको सभाहलमा उक्त अन्तरक्रियाको आयोजना गर्न लागिएको आरआर स्ववियु सभापति तपेन्द्रजंग शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।

त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचनलाई एकाएक स्थगित गरेपछि स्ववियु आरआरले अन्तरक्रिया गर्नु परेको बताएको छ।

उक्त अन्तरक्रियामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री जिरिराजमणी पोखरेलको प्रमुख आतित्थ्यता, त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाको विषेश आतित्थ्यता तथा प्रमुख विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर, नेविसंघका सभापति राजिव ढुङ्गानाको उपस्थिति रहने सभापति शाहीको भनाई छ।

स्ववियु निर्वाचन सारी सकेपछि अन्तरक्रिया गर्नुको औचित्य के हो नि ? भनेर सोधिएको प्रश्नको जवाफमा सभापति शाही भन्छन्, ‘फागुन १४ गतेको मिति सारिएको छ। यसमा हाम्रो कुनै सहमति छैन। त्रिविले विद्यार्थी आन्दोलन इतिहास र स्ववियुको गरिमालाई ख्याल गर्नुपर्छ। त्रिविको क्यालेण्डरअनुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ। यसै वर्षभित्र स्ववियु निर्वाचन सम्पन्न हुन्छ। हुनुपर्छ। हामीले दवाव दिनकै लागि यो अन्तरक्रियाको आयोजना गरेका छौं।’