पुष्पलाल मित्रता केन्द्र, कर्णाली प्रदेशको वैठक सम्पन्न



सुर्खेत। पुष्पलाल मित्रता केन्द्र, कर्णाली प्रदेशको भेला तथा वैठक सम्पन्न भएको छ। मित्रता केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विश्वराज वमको अध्यक्षता तथा केन्द्रका केन्द्रीय सचिव डा. कृष्णराज पन्तको प्रमुख आतिथ्यता उक्त वैठक सम्पन्न भएको हो।

कार्यक्रमका अध्यक्ष विश्वराज वमले विहीबार सम्पन्न भेला तथा वैठकले १० वटै जिल्लाको रिर्पोिटङ गरेका जानकारी दिएका छन्।

प्रदेशदेखि स्थानीय तहसम्म कमिटी विस्तार गर्ने, भावि कार्ययोजनाको निर्माण गर्ने र आगामि चैत्र १७ गते काठमाडौँमा हुने राष्ट्रिय भेलामा कर्णाली प्रदेशवाट सहभागीताको लागि उक्त वैठक केन्द्रीत भएको थियो।