गायिका मुस्कान घिमिरेको ‘कसो गर्ने होला’ गीत (भिडियोसहित)



एन्जिला क्षेत्री,

काठमाडौँ। लोकप्रिय गायिका मुस्कान घिमिरे र गायक सागर बिरहीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत बजारमा आएको छ।

‘कसो गर्ने होला’ बोलको गीतको म्युजिक भिडियो हालै बजारमा आएको छ। उक्त गीतको शब्द संगीत गायक तथा सर्जक बिरहीले र्सिजना गरेका छन्।

गीतको अडियो तथा भिडियो संगम डिजिटल प्रा.लि.ले बजारमा ल्याएको हो। उक्त गीतको म्युजिक भिडियोलाइ गायक बिरहीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

उक्त गीतमा गायिका घिमिरे र गणेश ओलीको अभिनय देख्न सकिन्छ। गायिका घिमिरे गायन तथा अभिनयको भूमिकालाई एकसाथ अगाडि बढाई रहेकी छन्। जुन गीतमा प्रेमी र प्रेमीकाको बिछोडलाई गहिरो रुपमा प्रस्तुत गरिएको छ।

गीतको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने रोशन गाहा मगरले उक्त गीतको भिडियो सम्पादन गरेका छन्। भिडियोलाई गायक बिरहीले निर्देशन गरेका हुन्।

भिडियो हेर्नुहोस्