अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं अध्यक्ष पक्राउ



काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन्।

उक्त संगठनका अध्यक्ष चिरञ्जीवी ढकालसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो। काठमाडौ प्रहरी प्रमुख उत्तमराज सुवेदीकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन्।

उनीहरुसँगै सो संगठनकी त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष सन्ध्या पुनमगर पनि पक्राउ परेकी छिन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए। ढकाल विप्लवका बहिनीज्वाइँ समेत हुन्।