कर्णाली प्रदेशमा नेकपाका उम्मेदार विजयी



सुर्खेत। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा नेकपाका उम्मेद्‌वार विजयी भएका छन्। दुई पदका लागि भएको निर्वाचनमा दुबै पदमा नै नेकपाका उम्मेद्‌वार विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित भएकी हुन्। शर्माले तीन हजार ६४८ र बिसीले तीन हजार ६८४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १९८ जना मतदाता रहेको कर्णालीमा १९५ मत खसेको थियो। दुई मत बदर भएको थियो।

कर्णालीमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुखरउपप्रमुख १५८ छन्। प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख उपप्रमुखको एक मत बराबर १८ मतभार हुने व्यवस्था छ।

शर्माले कांग्रेस उम्मेद्‌वार डिल्लीराज पाठक र बिसीले गणेशकुमारी बस्नेतलाई पराजित गरेका हुन्। पाठक र बस्नेतले समान एक हजार २६ मत प्राप्त गरेका थिए।