ब्लड क्यानसर पीडित नविनको उपचारका लागि २ लाख ४७ हजार प्रदान



काठमाडौँ। भोजपर घर भई हाल काठमाडौँ बस्दै आएका र ब्लड क्यानसरबाट पीडित १९ वर्षीय नविन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले २ लाख ४७ हजार आठ सय ३४ रुपैयाँ हस्तान्त्रण गरेको छ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप कुमार थापाको प्रमुख आतित्थ्यतामा संस्थाले नविनका आमा यशोदा पाण्डे र बाबा हरि बहादुर पाण्डेलाई उक्त रकम हस्तान्त्रण गरेको हो।

रिपोर्टर्स क्लब नेपालमा आयोजित रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले नविन पाण्डेको शीघ्रलाभको कामना गर्दै सहयोगी मनहरुलाई सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।

उनले भने, ‘म र मेरो संस्थाको तर्फबार्ट नविनजीको शीघ्रलाभको कामना गर्दछु। साथै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई नविन बचाउ अभियानमा जोडिन अनुरोध गर्दछु।’

एभरेष्ट सर्पोट नेपालका तर्फबाट कार्यक्रमकी संयोजक यमुना श्रेष्ठले नविन बचाउ अभियानमा जोडिएर आफूहरुले उक्त रकम संकलन गरिएको बताइन्।

उनले भनिन्,‘नविन बाबुको उपचारको लागि हामीले यति सहयोग गर्न सकेका छौं। आज हाामीले यहाँ आएर काम गर्नुको कारण नविन बाबुको उपचारमा थप सहयोग जुटोस् भनेर हो। हाम्रो उद्देश्य दुःखमा परेका नेपाली दाजुभाई दिदीबहिनीको सुख दुःखमा सकेको साथ दिने हो। नविनको नयाँ जीवनको लागि सम्पूर्णलाई सहयोग गर्न अनुरोध गर्दछु।’

कार्यक्रममा पीडित नविनका बुबा हरी बहादुर पाण्डेले सहयोगको अपिल गरेका छन्। उनले भने, ‘मेरो छोरा नविनको पुनः जीवन दिनका लागि स्वदेश तथा विदेशमा रहनुभएका विशाल मन भएका महानुभावहरुका लागि सनराइज बैंकमा रहेको खाता नम्बर ०२२०४६७५००२०५०० मा र सम्पर्कका लागि ९८०३६८८३९३ मा सम्पर्क गर्न सक्नु हुनेछ। एभरेष्ट सर्पोट नेपाल र सम्पूर्ण सदस्यलाई अमूल्य साथको लागि धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि साथ सहयोग र हौसलाको अपेक्षा गर्दछु।’

कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट ज्ञानु श्रेष्ठ, रिमा सुब्बा, मोहन कुमार श्रेष्ठ, कृपाराज भण्डारीलगायतको उपस्थिति रहेको थियो।