महावै गापा कमिटीको सफथ ग्रहण कार्यक्रम सम्पन्न



कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा), महावै गाउँपालिका कमिटीको सफथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेकपा कालिकोटका पार्टी सचिव नगेन्द्र शाही (नेस्नल) का अनुसार पुस २० गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

सचिव शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा कालिकोटको पार्टी एकताको काम जिल्ला कमिटी हुँदै यस जिल्लामा रहेका ९ वटै पालिका र १२० वडासमेतमा  शु-सम्पन्न भयो। यो सुःखद घडीसम्म ल्याई पुर्‍याउने र पार्टी एकताको महान दायित्वलाई साथ, समर्थ र सहयोग गर्ने सबै केन्द्र, प्रदेश, गाउँ र टोलसम्मका सवै कमरेडहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’