कालिकोटमा फोरजी सेवा विस्तार



विश्वनाथ सिम्खाडा,

कालिकोट। नेपाल दुरसञ्जार प्राधिकरणले कालिकोटमा फोरजी सेवा विस्तार गरेको जानकारि दिएको छ। मोबाइल डाटा प्रयोग कर्ताहरुको लागि फोरजी सेवाले महत्र्वपुण फाइदा हुने भएको छ।

टुजी सेवा प्रयोग गदै आइरहेका कालिकोट वासि अवदेखि फोरजी सेवा दिन पाउने भएका छन्। नेपाल टेलिकम कालिकोट शाखाका प्राविधिक टोपराज न्यौपानेका अनुसार फारेजी सेवाले १० किलो मिटरसम्म टिप्न सकिने जानकारी दिए।

टुजी भन्दा फोरजी सेवाले नेट छिटो चल्ने, सेवा कुनै पनि इन्टरनेटबाट गरिने काम छिटो र सहज हुने बताए। लामो समय देखि फोरजी सेवाका प्रतिक्षामा रहेका कालिकोटबासीले बल्ल फोरजी सेवा पाउने भएका छन्।