पूर्व प्रधानपञ्च रावलको हृदयघातका कारण निधन



कालिकोट। पूर्व प्रधानपञ्च एवं कांग्रेसका स्थानीय नेता गजबहादुर रावलको ६९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ९ का स्थानीय रावल २०४३ मा प्रधानपञ्न बनेका थिए।

पारिवारिक स्रोतका अनुसार रावलको शनिबार राती १२ बजे निधन भएको र उनको दाहसंस्कार भोलि गरिने छ। रावलले सामाजिक रुपान्तरण तथा विकास निकासका काममा ठूलो योग्दान दिएको स्थानीयहरुको भनाइ छ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटका सह-सचिव दमन शाहीले रावलको मृत्युले पार्टीलाई समेत क्षति पुगेको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ नरहरिनाथ गापा साबिक लालु गाबिसका नेपाली कांग्रेसका नेता अग्रज ब्याक्तित्व आदरणीय गजबहादुर रावलको अकस्मात निधनको खबरले स्तब्ध भएको छु। उहाँको निधनले कांग्रेस पार्टीलाइ अपुरणिय क्षती पुगेको छ।’

उनले अगाडि लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै स्वर्गीय रावलको मृत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोकको घडिमा दुः खमा परेका परिवारजन, आफन्त हामी सबैमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन। हार्दिक समबेदना प्रकट गर्दछु। जय नेपाल ।’