गायक चुनाराको ‘खरबारीको बाँस’ (भिडियोसहित)



काठमाडौँ। गायक धनराज चुनाराले खरबारीको बाँस बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्। समय सान्दर्भिक म्युजिक भिडियो निमार्ण गरेको निर्माण पक्षको दावी छ। स्थानय गाँउ घरको चलनचल्ती भाषादेखि स्थानीय विषय बस्तु समेटेर गीत निर्माण गरिएको गायक चुनारा बताउछन्।

यसअघि गायक चुनाराका थुप्रै गीत बजारमा सार्वजानिक भईसकेका छन्। ‘खरबारीको बाँस बोलको गीतको लय शब्द रुद्र जिएमले र्सिजना गरेका हुन्। जिएमले नै एरेञ्ज गरेका हुन्। गीतमा चुनारालाई मोती सोनीले स्वरमा साथ दिएकी छन्।

गीतलाई करन चैसिरले छायांकन गरेका हुन् भने मौसम हिमालीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन्। गीतमा सुर्खेती मोडल मिलन सुनार, सम्पदा बानियाँको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन्।